News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपाल भारतको अभिन्न अंग भएको बताएका छन् ।

शुक्रबार काठमाडौं आएका बागेश्वरधाम सरकार विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै सनातन हिन्दु धर्मको पक्षमा नेपाल र भारतसँगै रहेको बताए ।

Prabhu Bank

सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसँग काँधमा काँध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश भएको बताए ।

उनले भने, ‘यो यस्तो भक्तिको भूमि हो, माता जानकीको नगरी हो, नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश, भारतसँग काँधमा काँध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश हो ।’ 

चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वरधाम नेपाल आइपुगेका हुन् ।

बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:४२
राजनीति
विशेष
Weather Update