उपत्यका प्रहरी प्रमुख ज्ञवालीलाई साढे चार महिनामै किन हटाइयो?

काठमाडौं— शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख श्यामलाल ज्ञवालीसहित ५ अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गर्यो ।
ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला ज्ञवालीको गत मङ्गलबार सरुवा भएको हो । ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो ।
उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १०:२४