News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ५ एआईजीको सरुवा, को कहाँ पुगे?

काठमाडौं— नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ एआईजीको सरुवा गरेको हो ।

स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।

त्यस्तै थापाको ठाउँमा एआईजी मीरा चौधरीको सरुवा भएको छ भने उनको ठाउँमा काठमाडौं उपत्यका प्रहरी प्रमुखमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीको सरुवा भएको छ । 

यस्तै एकेडेमी प्रमुख रहेका एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:१५
Weather Update