
चितवन— नेचर गाइड एसोसिएसन चितवनको अध्यक्षमा अनिलकुमार गुरुङ निर्वाचित भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिष्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा रामगिरप्रसाद चौधरी निर्वाचित भए । उनले अनिल शिवाकोटीलाई पराजित गरेका हुन् । अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
समितिको सचिवमा ओमप्रकाश थापा, कोषाध्यक्षमा पुष्पराज पाठक, सदस्यहरूमा दिलिप सुवेदी, जितेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सञ्जय ढकाल र बद्रिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भए ।













