
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, बजारमा नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १६० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा बिक्री भएको छ । गाँजरको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ । घिउ सिमी लोकल प्रतिकेजी ८०, भन्टा लाम्चो प्रतिकेजी ५०, मकै बोडी प्रतिकेजी ८०, भटमास कोशा प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।
तितो करेला प्रतिकेजी ६०, लौका प्रतिकेजी ७०, परबर प्रतिकेजी ७०, घिरौला प्रतिकेजी ५०, फर्सी पाकेको प्रतिकेजी ५०, काँक्रो लोकल प्रतिकेजी ६०, भिण्डी प्रतिकेजी ८०, इस्कुस प्रतिकेजी ६०, प्याज हरियो प्रतिकेजी १२०, रायो साग १प्रतिकेजी ४०, कुरिलो प्रतिकेजी ५५० रुपैयाँमा खरीद बिक्री भइरहेको छ ।
त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फुजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १४०, कालो अंगुर ४०० र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।













