कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]आइतबार, भदौ ३, २०८०

रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ६ वर्षे बालिकासहित ७ जनाको मृत्यु, ९० घाइते शनिबार, भदौ २, २०८० रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन । घाइतेहरूको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते...

साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध शनिबार, भदौ २, २०८० भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अतिथि सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो ।

माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता शनिबार, भदौ २, २०८० झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् ।धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए ।

सशस्त्रका एसपी थपलियाको निधन शनिबार, भदौ २, २०८० पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।उनको हृदयघात भएर शनिबार मृत्यु भएको हो । सशस्त्र प्रहरीका अनुसार उनी शनिबार बिहान ११ बजे साइक्लिङ गरेर कार्यालयमा पुगेका थिए ।

न्यायिक समितिद्वारा एक वर्षमा ४६ मुद्दा फछर्यौट शनिबार, भदौ २, २०८० वीरगन्ज महानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा ४६ वटा मुद्दाको किनारा लगाएको छ ।महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित समितिले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको ४५ वटा र आव २०७९/८० मा दर्ता भएको मध्ये एउटा गरी कुल ४६ वटा मुद्दा फछर्यौट गरेको हो ।

मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार शनिबार, भदौ २, २०८० चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका—६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुन्डिएका थिए ।

सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्न भनेको छैन : प्रवक्ता खतिवडा शनिबार, भदौ २, २०८० ‘पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन, छानबिन गर्न आवश्यक पर्ने कसैलाई नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ,’ उनले भने, ‘छानबिन गर्न आवश्यक पर्नेहरूलाई उसले (सीआईबी)ले बोलाउँछ, आवश्यक नपर्नेहरूलाई बोलाउँदैन ।’

रूस र युक्रेनबीच साढे दुई हजार कैदी आदानप्रदान शनिबार, भदौ २, २०८० युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ । दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए ।

नेपाल एअरलाइन्सले साउदी अरेबियामा उडान गर्दै शनिबार, भदौ २, २०८० निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सीधा उडान गर्ने गरी शनिबारदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११ औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

नेकपा एसको सचिवालय बैठक जारी शनिबार, भदौ २, २०८०

भ्रष्टाचारमा मुछिएकाको भारी कांग्रेसले बोक्न सक्दैन् : गगन थापा शनिबार, भदौ २, २०८० ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नु पर्नेमा जोड दिँदै उनले गठबन्धनको बैठक प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नु पर्ने बताए ।

कांग्रेसको बलमा अरूले सरकार बनाए : आरजु राणा शनिबार, भदौ २, २०८० ‘नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्न सक्ने,’ उनले भनिन्, ‘अहिले गठबन्धनमा मेन गाइडेन्स कांग्रेसकै छ, हाम्रै बलबुतामा अरू पार्टीले सरकार बनाएका छन् ।’


![कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/600X450/exchange-rate-dollor-foren-currency1683941338.jpeg)






