News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सले साउदी अरेबियामा उडान गर्दै
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले साउदी अरेबियाको दमाममा सीधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित उडान गर्ने गरी शनिबारदेखि टिकट बुकिङ खुला गरिएको हो । 

नेपाल एअरलाइन्सको यो ११ औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने भएको छ । यस्तै, बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

काठमाडौं-दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार तोकिएको छ । दमाम-काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ ।

निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।

निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:५२
Weather Update