मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार

काठमाडौं— चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका—६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुन्डिएका थिए ।
खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट उद्धार गरेको हो ।
उनी पुलमा झुन्डिएको कारण भने नखुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १९:२६













