कांग्रेसको बलमा अरूले सरकार बनाए : आरजु राणा

काठमाडौं— नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कांग्रेसको बलमा अरूले सरकार बनाएको दाबी गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रम डा. राणाले देश अहिले कांग्रेसको दिशा निर्देशनमा अगाडि बढेको दाबी गरिन् ।
‘नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्न सक्ने,’ उनले भनिन्, ‘अहिले गठबन्धनमा मेन गाइडेन्स कांग्रेसकै छ, हाम्रै बलबुतामा अरू पार्टीले सरकार बनाएका छन् ।’
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १७:२८













