नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय बैठकमा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाको तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।
नेकपा एसको पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ । केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १७:४५













