News Griha :: न्यूजगृह
सशस्त्रका एसपी थपलियाको निधन

काठमाडौं—  पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

उनको हृदयघात भएर शनिबार मृत्यु भएको हो । सशस्त्र प्रहरीका अनुसार उनी शनिबार बिहान ११ बजे साइक्लिङ गरेर कार्यालयमा पुगेका थिए ।

सशस्त्र प्रहरी नम्बर १३ गण पर्साका प्रमुख रहेका थपलिया कार्यालयमा पुगेको १५ मिनेटमा बेहोस भएका थिए। त्यसपछि उनलाई उपचारको लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा पुर्‍याइयो ।

उपचारको क्रममा उनको दिउँसो १ बजे मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:२२
Weather Update