News Griha :: न्यूजगृह
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी यूरो १ को खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ९६ पैसा र बिक्री दर ८५ रुपैयाँ ३५ पैसा रहेको छ । सो बैंकका अनुसार कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:०२
Weather Update