माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता

धादिङ— झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् ।
धादिङको बेनीघाट रोराङगाउँपालिका–५आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए ।
माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ । कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसादजैसवारले जानकारी दिए ।
शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाइ भइरहेको जैसवारले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० २०:३४













