रूस र युक्रेनबीच साढे दुई हजार कैदी आदानप्रदान

काठमाडौं— रूस-युक्रेन द्वन्द्वमा बन्धक बनाइएका साढे दुई हजारभन्दा बढी कैदीबन्दी आदानप्रदान भएको छ ।
कैदी आदानप्रदान गर्ने सहमतिअनुसार दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ ।
युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार युक्रेनले द्वन्द्व सुरु भएदेखि अहिलेसम्म रूससँग ४८ जना कैदी आदानप्रदान गरिसकेको छ ।
युसोभले द्वन्द्वको सक्रिय चरणमा भएको युक्रेन र रूसबीच कैदी अदलाबदलीको प्रक्रियालाई ‘अभूतपूर्व स्थिति’को रूपमा वर्णन गरे ।
युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ । दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १८:०४













