News Griha :: न्यूजगृह
बाँच्ने अधिकार माग्दै बालेन साहविरुद्ध सडक व्यापारीको विरोध
बाँच्ने अधिकार माग्दै बालेन साहविरुद्ध सडक व्यापारीको विरोध आइतबार काठमाडौंको सभा गृहअगाडि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर साइकल, गाडा, मजदुर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले आइतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीसहित सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।
यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते
यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहानै भएको दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।
भदौ ५ गतेसम्म संसद बैठक स्थगित
भदौ ५ गतेसम्म संसद बैठक स्थगित यसअघि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको थियो । संसद खुलाउन आज बसेको दुई वटा बैठक निष्कर्षविहीन भएपछि मंगलबारसम्म सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
प्रणालीमाथि प्रश्न नउठोस् भन्ने हो : सांसद परियार
प्रणालीमाथि प्रश्न नउठोस् भन्ने हो : सांसद परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदको जडताले प्रणालीमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् । सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले सत्ता पक्ष र प्रतिपक्ष दल सदन खुलाउने विषयमा गम्भीर नभएको आरोप लगाए ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि सक्ने संसदीय समितिको तयारी 
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि सक्ने संसदीय समितिको तयारी  आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीन वटा मात्रै उजुरी परेकाले उजुरीउपर उजुरीकर्ता र सिफारिस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइ टुंग्याउने तयारी गरेको हो ।
करेत सर्पले टोक्दा महिलाको मृत्यु
करेत सर्पले टोक्दा महिलाको मृत्यु सर्पले टोकेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी सुरु
पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी सुरु होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्री क्षेत्रमा करिब ५५ किलोमिटर लामो जंगल सफारी सुरु गरिएको छ ।
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन : दलहरू आआफ्नै अडानमा
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन : दलहरू आआफ्नै अडानमा बैठकपछि सभामुख घिमिरेले आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आग्रह गरेको जानकारी दिए । उनले आफूले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरू जिम्मेवार नभएसम्म समस्या समाधान नहुने बताए ।
समस्या औँल्याउने होइन योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा
समस्या औँल्याउने होइन योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा नेपाल विद्यार्थी संघ झापाअन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना दिने राजनीतिज्ञको आवश्यकबारे बोलेका हुन् ।
प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने
प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेको थियो । उक्त आह्वानमा तीन वटा उजुरी परेको थियो ।
माधव नेपाल भाग्यो भनेर लेख्लान भन्ने लाग्यो : अध्यक्ष नेपाल
माधव नेपाल भाग्यो भनेर लेख्लान भन्ने लाग्यो : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफू सबैसँग छलफल र परामर्श गरेपछि युरोप भ्रमणमा गएकाो बताएका छन् । आइबार पार्टीको पोलिटब्युरोको चौथोँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू युरोप भ्रमण रद्ध गर्न खोजे पनि सबैसँग छलफल गरेपछि गएको दाबी गरेका हुन् ।
Weather Update