News Griha :: न्यूजगृह
करेत सर्पले टोक्दा महिलाको मृत्यु
सांकेतिक तस्बिर

झापा— जिल्लाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । 

सर्पले टोकेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:२४
Weather Update