News Griha :: न्यूजगृह
भदौ ५ गतेसम्म संसद बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभा बैठक आगामी मंगलबारसम्म स्थगित भएको छ । सत्तापक्ष र विपक्षी दलका नेताहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो ।

यसअघि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको थियो । संसद खुलाउन आज बसेको दुई वटा बैठक निष्कर्षविहीन भएपछि मंगलबारसम्म सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

महासचिव गौतमका अनुसार अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:१२
Weather Update