News Griha :: न्यूजगृह
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन : दलहरू आआफ्नै अडानमा
फाइल तस्बिर

काठमाडौं— प्रनिनिधि सभा बैठक नियमित गर्ने विषयमा छलफल गर्न बसेको सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ ।

बैठकपछि सभामुख घिमिरेले आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आग्रह गरेको जानकारी दिए । उनले आफूले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरू जिम्मेवार नभएसम्म समस्या समाधान नहुने बताए ।

लामो समयदेखि अवरुद्ध बैठक खुलाउन सभामुखले बोलाएको बैठकमा प्रमुख दलका सांसदहरू संसद खोल्ने विषयमा आफ्नो अडान कायमै राखेक थिए ।

बैठकमा सत्ता पक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:०२
Weather Update