छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले
काठमाडौं— नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।
आइतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीसहित सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीलगायत सत्ता पक्ष अरु समितिले पनि उच्चस्तरीय छानबिन समिति बनाउँदा सीआईबीको अनुसन्धान प्रभावकारी हुन्छ कि भन्ने दृष्टीकोण छ उहाँको,’ उनले भने, ‘यस विषयमा छलफल गर्ने र उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा हामी सकारात्मक छौँ भन्नु भएको छ ।’
उनले सुन तस्करी धेरै ठूलो घटना र देशको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताए । राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटनामा उच्चस्तरीय छानबिन समितिबाहेक अरू हुन नसक्ने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १५:४७













