News Griha :: न्यूजगृह
प्रणालीमाथि प्रश्न नउठोस् भन्ने हो : सांसद परियार

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदको जडताले प्रणालीमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् ।

सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले सत्ता पक्ष र प्रतिपक्ष दल सदन खुलाउने विषयमा गम्भीर नभएको आरोप लगाए ।

‘अस्ति जहाँ अड्केको थियो, कुरा त्यही छ, सत्ता पक्षको कुरा पनि त्यही हो, प्रतिपक्षको कुरा त झन बलियोसँग हामी प्रस्तुत हुन्छौँ भन्ने छ,’ उनले भने, ‘तपाईहरूको यो खालको जडताले सदनलाई जुन खालको बन्दि बनाएको छ, यसले राम्रो गरेको छैन, यो प्रणालीमाथि प्रश्न नउठोस् भन्ने कुरा मैले राखेँ ।’

पछिल्ला गतिविधिहरूले तत्काल सदन खुल्ने सम्भावना नभएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:०१
Weather Update