पर्यटकका लागि उड्डयन सुरक्षा अभियानअन्तर्गत लुक्ला प्राथमिकतामा राखियोसोमबार, भदौ ४, २०८०

सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश सोमबार, भदौ ४, २०८० प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्याय सम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो वर्ष कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए ।

दुर्गममा कर्मचारी नबस्ने प्रवृत्ति घातक : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ४, २०८० कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब समस्या समाधानका लागि ठोस पहल गर्ने बताए ।

प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा सोमबार, भदौ ४, २०८० सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिको प्रशंसा गरेका हुन् । उनले समाजवादी चिन्तकका रुपमा बीपीपछि कसैको नाम लिने हो भने प्रदीपकै नाम आउने दाबी गरे ।

प्रस्तावित प्रधानन्यायाधीशमाथि यस्तो आरोप, संसदीय समितिमा छलफल जारी सोमबार, भदौ ४, २०८० सोमबार श्रेष्ठविरुद्ध उजुरी गर्ने उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा झिकाएर सुनुवाइ भएको हो । अनुवादक तथा अधिवक्तासमेत रहेका एसके तिमिल्सिनालाई समितिमै झिकाएर श्रेष्ठमाथि गरेको उजुरी उपर सुनुवाइ र छलफल गरिएको छ ।

मासु उत्पादनमा अनुदान, घाँस खेती गरे प्रोत्साहन सोमबार, भदौ ४, २०८० बाख्रा पालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने छ । उनका अनुसार बाख्रा पालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइने छ ।

काठमाडौं महानगरले खोल्यो श्रम बैंक, बेरोजगारलाई रोजगारीमा जोड्ने लक्ष्य सोमबार, भदौ ४, २०८० योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुने तथा रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ ।

ललिता निवास प्रकरणमा माधव नेपालसँग सीआईबीले लियो बयान सोमबार, भदौ ४, २०८० ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।

ललिता निवास प्रकरण : बाबुराम भट्टराईले दिए सीआईबीलाई जवाफ सोमबार, भदौ ४, २०८० ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ उनले भने ।

सात हात्तीसहितको टोलीले बाघ नियन्त्रणमा लिन सकेन सोमबार, भदौ ४, २०८० निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले बाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् । बाघलाई नियन्त्रण गर्न दैनिक सात वटा हात्ती परिचालन गरिएको उनको भनाइ थियो । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ ।...

कावासोतीमा सर्प महोत्सव सोमबार, भदौ ४, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा पहिलोपटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ ।

पहिरोले म्याग्दीको सुवा गाउँका १० परिवार विस्थापित सोमबार, भदौ ४, २०८० पहिरोबाट अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँका १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको भारी वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।
![विदेशी पैसा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/520X390/dollar1679631727.jpg)
विदेशी पैसा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् विनिमय दर [सूची] सोमबार, भदौ ४, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।









