News Griha :: न्यूजगृह
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । 
अहिले देशभर वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा
अहिले देशभर वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
कोशीका मुख्यमन्त्री थापा विश्वासको मत पाएपछि के भन्छन् ?  
कोशीका मुख्यमन्त्री थापा विश्वासको मत पाएपछि के भन्छन् ?   कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको र त्यसको जवाफ उपसभामुखले दिनुपर्ने बताएका छन् ।
आन्दोलनबाट सामुदायिक विद्यालयका कर्मचारी सेवासुविधाविहीन छन् भन्ने सबैलाई थाहा भयो : अध्यक्ष तिवारी
आन्दोलनबाट सामुदायिक विद्यालयका कर्मचारी सेवासुविधाविहीन छन् भन्ने सबैलाई थाहा भयो : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामुदायिक विद्यालयमा कर्मचारी पनि छन् र तिनीहरूले सेवासुविधा पाएका छैनन् भन्ने कुरा बल्ल सबैलाई जानकारी भएको बताएका छन् ।
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिइरहँदा जे देखियो
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिइरहँदा जे देखियो कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साेमबार प्रदेश सभाबाट पाएको विश्वासको मत विवादमा तानिएको छ।
ललिता निवास प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
ललिता निवास प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपितहरूलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते...
सीआईबीले बोलाएपछि पूर्वमन्त्री जोशीले भने : म फरार छैन 
सीआईबीले बोलाएपछि पूर्वमन्त्री जोशीले भने : म फरार छैन  ललिता निवास प्रकरणमा मुछिएका जोशीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिन बोलाएको थियो । तर, उनलाई सीआईबीले बयान नलिई पुनः बोलउने भन्दै फर्काइएको उनको भनाइ थियो ।
प्रदीप गिरि मार्क्सवादका समस्याको समाधानमा भौतारिरहन्थे : घनश्याम भुसाल 
प्रदीप गिरि मार्क्सवादका समस्याको समाधानमा भौतारिरहन्थे : घनश्याम भुसाल  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भुसालले गिरि सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनको निधनसँगै देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको दाबी गरे ।
रेशम चौधरीविरुद्ध सर्वोच्चको फैसलामा प्रस्तावित प्रधानन्यायाधीशले भने : संविधान पनि कानुन हो
रेशम चौधरीविरुद्ध सर्वोच्चको फैसलामा प्रस्तावित प्रधानन्यायाधीशले भने : संविधान पनि कानुन हो नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी देखाएको छ अब के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो । श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो । उनीविरूद्ध तीन वटा उजुरी परेको थियो । 
बाढीले जोमसोम-कोरला सडक पुन: अवरुद्ध
बाढीले जोमसोम-कोरला सडक पुन: अवरुद्ध उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक छैन । खोलामा बाढीको बहाव घट्दै गएको हुँदा सोमबार साँझसम्म सडक खुलाउने प्रयास भइरहेको प्रजिअ केसीले बताए ।
Weather Update