अहिले देशभर वर्षा भइरहेको छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
सोमबार साँझको मौसम अवस्थाबारे जानकारी गराउँदै महाशाखाले वर्षा भइरहेको जनाएको हो ।
महाशाखाले भनेको छ,‘हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।’
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १९:३४













