News Griha :: न्यूजगृह
प्रदीप गिरि मार्क्सवादका समस्याको समाधानमा भौतारिरहन्थे : घनश्याम भुसाल 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रदीप गिरिको निधनसँगै देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भुसालले गिरि सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनको निधनसँगै देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको दाबी गरे ।

उनले भने, ‘सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने सानोतिनो कुरा होइन, त्यो मान्छे हो हामीले गुमाएको । नोपलको छोरो सबैभन्दा बौद्धिक क्षमता भएको मानिस हो उहाँ ।’

महासचिव भुसालले गिरि आफू स्वयम् मार्क्सवाद भएकाले मार्क्सवादमा देखिएका समस्याहरूको समाधानका लागि भौतारिरहने गरेको टिप्पणी गरे । उनमा श्रमजिवीप्रति निस्वार्थ प्रतिबद्धताबाहेक केही नभएको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:३९
Weather Update