विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौं— प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १९:५३













