News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : सीआईबीलाई बयान दिएपछि पूर्वमन्त्री जोशीले भने– अन्ततः बोझबाट हलुका भएको छु 

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशीले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएका छन्  ।

सीआईबीलाई बयान दिएको जोशीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबीसमक्ष बयान दिएर आइयो । सीआईबीलाई धन्यवाद ।’

ललिता निवास प्रकरण सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक नै रहेको बताउँदै जोशीले चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर रहेकाे पनि बताएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:३५
Weather Update