News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपितहरूलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । 

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायत हिरासतमा छन् । सीआईबीले अनुसन्धान सकेर सोमबार सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसकिएको भन्दै म्याद थपेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:३२
Weather Update