News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिइरहँदा जे देखियो

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साेमबार प्रदेश सभाबाट पाएको विश्वासको मत विवादमा तानिएको छ ।

विपक्षी दल नेकपा एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएकाे छ ।

बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले मतदानका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो ।

उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे ।

नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेश सभाको विश्वासको मत पाएको घोषणा गरे ।

सभाध्यक्षले विश्वासको मत घोषणा गरिरहँदा प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका थिए । थापाको पक्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्‍यो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:०७
Weather Update