News Griha :: न्यूजगृह
रेशम चौधरीविरुद्ध सर्वोच्चको फैसलामा प्रस्तावित प्रधानन्यायाधीशले भने : संविधान पनि कानुन हो

काठमाडौं— संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई रेशम चौधरीको मुद्दाबारे प्रश्न गरिएको छ ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी देखाएको छ अब के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

‘रेशम चौधरीको मुद्दा, सरकराले निर्णय गरेर छाड्यो, राष्ट्रपतिले माफी दिएर छाड्यो, तर यसलाई सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा अपराधी हो भनेर आयो,’ उनले प्रश्न गरे, ‘अब सर्वोच्च अदालतको फैसलाअनुसार रेशम चौधरीलाई पक्राउ गर्न हुन्छ कि हुँदैन ? थुन्न उपयुक्त हुन्छ कि हुँदैन ?’

यस प्रश्नको जवाफमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संविधान पनि कानुन भएको बताए ।

‘एक जना मान्य सदस्यले एउटा प्रश्न उठाउनु भएको थियो,’ उनले भने, ‘यसमा म धेरै नबोलुँ होला, किन कि मप्रति होइन त्यो प्रश्न, संविधान पनि कानुन हो ।’

के हाे टीकापुर घटना ?

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:२८
Weather Update