
काठमाडौं— संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ । बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठक संसद् अवरोध खुलाउने विषयमा केन्द्रित भएको छ । नेकपा एमालेले ६० किलो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै दुबै सदन अवरुद्ध गर्दै आएको छ ।
संसद् अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले यसअघि नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि प्रधानमन्त्री दाहाल नै अग्रसर भएका हुन् । प्रधानमन्त्री कै आह्वानमा अहिले बैठक बसेको हो ।
साेमबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी छन् ।













