News Griha :: न्यूजगृह
सीआईबीले बोलाएपछि पूर्वमन्त्री जोशीले भने : म फरार छैन 

काठमाडौं— पूर्वमन्त्री चन्द्रदेव जोशीले आफू फरार नभएको बताएका छन् । ललिता निवास जग्गा कीर्ते प्रकरणमा मुछिएका उनले भ्रष्टाचारविरुद्ध हरेक प्रयासमा प्रतिबद्धता हुने बताए ।

‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ, म फरार छैन,’ उनले भने ।

ललिता निवास प्रकरणमा मुछिएका जोशीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिन बोलाएको थियो । तर, उनलाई सीआईबीले बयान नलिई पुनः बोलउने भन्दै फर्काइएको उनको भनाइ थियो ।

‘पहिलो पटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो, तर, फेरि अहिले नआउनु भन्ने खबर आयो, आज फेरि बोलाएबमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ,’ उनले भने, ‘तर, बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो ।’

उनले यसअघि नै आफू ललिता जग्गा प्रकरणमा नजोडिएको भन्दै छानबिन गर्न सहयोग गर्ने बताउँदै आएका थिए ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:५४
Weather Update