News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा संलग्न छैन, भ्रष्टाचार विरोधी अभियानमा मेरो समर्थन छ : पूर्वमन्त्री जोशी

काठमाडौं— पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवास जग्गा प्रकरणमा आफ्नाे संलग्न नभएको दाबी गरेका छन् । उनले सरकारी जग्गा कीर्ते गर्ने प्रकरणमा आफू संलग्न नभएको दाबी गर्दै अनुसन्धानमा सघाउने बताएका हुन् ।

यस्तै, उनले आफू भ्रष्टाचार विरोधी भएको बताउँदै सरकारको कदमलाई साथ दिने बताए । 'वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पूरै समर्थन छ, देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो,' उनले भने, 'लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ, अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहने छ ।' 

ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

उनले समाचारमा आएजस्तो ०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नभएको बताए । 'मन्त्री पदबाट मैले त्यसअघि नै (असोज ४ गते) राजीनामा गरिसकेको थिएँ, म ०६९ जेठ ३ देखि असोज ४ गतेसम्म मात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ,' उनले भनेका छन् ।

पूर्वमन्त्री जोशीले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:२३
Weather Update