१२ सय फिट उचाईको तुइनमा आठ जना अड्किएपछि...मंगलबार, भदौ ५, २०८०

सरकार विद्युतबाट अर्थतन्त्रमा सुधार गर्ने सपना पूरा गर्न लागेको छ : प्रधानमन्त्री मंगलबार, भदौ ५, २०८० भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको बताए । यस्तै, भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको दाबी गरे ।

नारायणगढ-मुग्लिन सडक दुवै तर्फी सञ्चालन मंगलबार, भदौ ५, २०८० चितवनको इच्छाकामना-६ नाम्सीखोला पुलमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगै सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुगे चितवन मंगलबार, भदौ ५, २०८० भरतपुर बनेको २२०/१३२ केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्न उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।

मेरो छाया देखेर एमाले डरायो : माधव नेपाल मंगलबार, भदौ ५, २०८० सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको छायामा नेकपा एमालेले डराएको बताएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा बसेको पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एसको छायामा एमाले डराएको बताएका हुन् ।

अमेरिकामा अलपत्र तीन नेपालीको उद्धार, यसरी पुगेका थिए उनीहरू मंगलबार, भदौ ५, २०८० उनीहरू बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए । त्यसले उनीहरूको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो ।

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो मंगलबार, भदौ ५, २०८० आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उनीविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् । दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समयअनुसार...

धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध धमाधम खोप अभियान सुरु मंगलबार, भदौ ५, २०८० यसमध्ये प्रदेश सरकारबाट सात हजार ९९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको उनले बताए । जिल्लामा २९ हजार ४४६ गाई तथा गोरु र १३४ भैँसी तथा रागा लम्पी स्किनबाट संक्रमित भएका थिए । तीमध्ये ६८० गाई तथा गोरु मरेका थिए । जिल्लामा हाल रोग...

प्रहरी प्रशासनलाई मुद्दा हाल्ने मेयर हर्क साम्पाङको चेतावनी मंगलबार, भदौ ५, २०८० मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका हुन् । केही दिनअघि उनीविरुद्ध स्थानीय एक महिलाले अभद्र व्यवहार गरी सामाजिक सञ्जालमा राखेका थिए ।

१९२ जनाले पाए राप्ती र नारायणीमा माछा मार्ने अनुमति मंगलबार, भदौ ५, २०८० उनका अनुसार निकुञ्जले जगतपुर क्षेत्रका पाँच युवालाई अटोरिक्सा, नदीमा आश्रित तर आफ्नो जग्गा भएकाहरूलाई माछापालनमा सहयोग र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

काठमाडौं महानगरले माग्यो संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन मंगलबार, भदौ ५, २०८० काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयसँग नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिनभित्र निवेदन दिन माग गरेको छ ।

बाढीपहिरोबाट कहाँ–कहाँ भयो सडक अवरुद्ध ? मंगलबार, भदौ ५, २०८० सडक विभागले बाढीपहिरोका कारण ७ वटा राजमार्ग अवरुद्ध भएको जनाएको छ । तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरुद्ध रहेको सडक विभागले मंगलबार बिहान जानकारी दिएको हो ।
ललिता निवास प्रकरण : गच्छदारसँग पनि बयान लियो सीआईबीले मंगलबार, भदौ ५, २०८० तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो । मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री गच्छदार र सो रायसहितको मिसिल तयार पार्ने काम सहसचिव नारायणगोपाल मलेगोले गरेका थिए ।









