News Griha :: न्यूजगृह
उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुगे चितवन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन पुगेका छन् । उनी मंगलबार दिउँसाे चितवनको भरतपुर विमानस्थलमा पुगेका हुन् ।

भरतपुर बनेको २२०/१३२ केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्न उनी चितवन पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:१६
Weather Update