News Griha :: न्यूजगृह
काठमाडौं महानगरले माग्यो संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन

काठमाडौं— काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयसँग नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिनभित्र निवेदन दिन माग गरेको छ ।

महानगरअन्तर्गत सञ्चालित संस्थागत इच्छुक विद्यालयले आवेदन दिएमा सो प्रक्रिया पूरा गरिने महानगरकाे शिक्षा विभागले जनाएको हो ।

संस्थागत विद्यालयले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तन गरेको पत्र समेत लिई विभागमा निवेदन दर्ता गराएको हुँदा शैक्षिक संस्थासँग कुनै व्यक्ति वा संघसंस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाणसहित सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र लिखित निवेदन विभागमा पेस गर्न सूचना जारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:५८
Weather Update