त्रिशूलीमा बस खस्योबुधबार, भदौ ६, २०८०

बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा बुधबार, भदौ ६, २०८० बुद्धनगर, शङ्खमुल क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

घट्यो गोलभेँडाको मूल्य बुधबार, भदौ ६, २०८० नेपाली तरकारी तथा फलफूल बजारमा गोलभेँडाको मूल्य घटेको छ । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैयाँले गोलभेँडाको मूल्य घटेको हो । तीन दिन अघि १३० रुपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको हिजो १२० रुपैयाँमा कारोबार भएको थियो ।

एनओसी नलिई भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने बुधबार, भदौ ६, २०८० चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्वद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह बुधबार, भदौ ६, २०८० बुधबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन बुधबार, भदौ ६, २०८० नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गङ्गामा विसर्जन गरिएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले स्वर्गीय गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी बुधबार, भदौ ६, २०८० सिंहदरबारमा बुधबार बिहान ९ बजेदेखि मन्त्रिपरिषद्को बैठक जारी छ ।

पितृ शोकमा रहेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई परेको पितृ शोकप्रति समवेदना प्रकट गरेका छन् ।

अझै २–३ दिन देशभर वर्षाको सम्भावना छ : मौसमविद् बुधबार, भदौ ६, २०८० गए रातिदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको जानकारी दिए । उनले भने,‘रातिदेखि नै देशभर पानी परिरहेको छ । अझै २/३ दिन यही क्रम जारी रहने सम्भावना छ ।’

पर्यटनमन्त्री किरातीलाई पितृ शोक बुधबार, भदौ ६, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।

शिक्षा ऐनमार्फत माग सम्बोधन नगरिए ३६ हजार ईसीडी शिक्षक सडकमा आउँछौं : अध्यक्ष थापा बुधबार, भदौ ६, २०८० नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्ण कुमारी थापा मगरले सामुदायिक विद्यालयमा बालविकास शिक्षक (ईसीडी) आवश्यक छ कि छैन भन्ने कुरा राज्यले बुझ्नुपर्ने बताएकी छिन् ।

दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्ने, यस्तो छ कार्यसूची बुधबार, भदौ ६, २०८० प्रतिनिधि सभा बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सो समयमा बस्नेगरी मंगलबार बैठक सारिएको हो ।

कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति मंगलबार, भदौ ५, २०८० नेकपा एमालेका सांसद विमला राई पौडेलले प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छन् । मङ्गलबारको राष्ट्रिय सभा बैठकमा उनले सञ्चारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्री माथि भद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताइन् ।









