News Griha :: न्यूजगृह
भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं— अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिमको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । आगामी तीन दिन देशका धेरै भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना मौसमविद् अधिकारीको भनाइ छ ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले सबैमा आग्रह गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:५४
Weather Update