
काठमाडौं— झरीमा रुझ्न मन नपराउने को होला ? भन्नै परेन, साहित्यकारहरूको लागि त यो प्रेमिल शब्द भइहाल्यो । वर्षालाई लिएर कति कविता तथा गीत सिर्जना भएका छन् ।
केही दिनदेखि झरी परिरहेको छ । सायद धेरैले यो झरीमा रुझेर प्रि–मनसुनको आनन्द लिइरहनुभएको होला । कति घरको बार्दली वा आँगनमा बसेर झरी नियालिरहनुभएको होला ।
कोही झरीको आनन्द लिँदै तात्तातो पप्कर्न, पकौडा या यस्तै खानेकुरा खाएर, चिया कफी पिएर नयाँपुराना सदाबहार गीतहरू सुन्दै हुनुहुन्छ होला ।
यो झरीलाई यादगार बनाउन सुन्नै पर्ने सात गीतहरू :
१. ए झरी : नविन के भट्टराई
२. धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो : यश कुमार
३. पानी पानी भयो मेरै मनपनि : नलिना चित्रकार
४. असारै महिना : छुजाङ डुक्पा
५. रिमझिम रिमझिम पानी पर्यो, तिम्रो साथले गर्नु गर्यो : दुर्गा खरेल
६. झमझम पर्यो पानी : केटाहरू
७. असार : विपुल क्षेत्री