पर्यटनमन्त्री किरातीलाई पितृ शोक

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।
बुधबार विहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो बुबाको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘भखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबाआमा त रहनु भएन, रह्याे त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमाबुबा हुन् । बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जलि !’
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० ०७:२०













