News Griha :: न्यूजगृह
त्रिशूलीमा बस खस्यो
तस्बिर : कोषनाथ अधिकारी ।

काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका—१ छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा परेको बस काठमाडौबाट बाग्लुङ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:०१
Weather Update