त्रिशूली दुर्घटना अपडेट : ६ जनाको सनाखत बुधबार, भदौ ६, २०८०

चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् ।

चन्द्रयान–३ : आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लाग्छ : प्रधानमन्त्री मोदी बुधबार, भदौ ६, २०८० चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लागेको प्रतिक्रिया दिएका छन् । चन्द्रयान–३ बुधबार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको हो ।

संसदीय समितिमा सदस्य हेरफेर, कुन समितिमा को ? बुधबार, भदौ ६, २०८० प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।

नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो बुधबार, भदौ ६, २०८० प्रतिनिधि सभाको बुधबारको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्रिशूली दुर्घटना अपडेट : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर बुधबार, भदौ ६, २०८० धादिङको गजुरी गाउँपालिका—२ मा बुधबार भएको बस दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.बद्री रिजालले बताएका छन् । त्रिशूली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सर्वोच्चले भन्यो—निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्नू बुधबार, भदौ ६, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बजेट वक्तब्यको बुँदा नम्बर ४४५ र विनियोजन ऐनमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्था र ती व्यवस्थाका लागि छुट्याइएको रकम तत्काल खर्च नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न कांग्रेस सांसद खतिवडाको माग बुधबार, भदौ ६, २०८० नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट जग्गाको छानबिन हुनुपर्ने बताएका छन् ।

जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भए : सांसद केसी बुधबार, भदौ ६, २०८० राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले देशको जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भएर देशलाई भ्रष्टाचारको अखडा बनाएको टिप्पणी गरेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू बुधबार, भदौ ६, २०८० मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न जरुरी छैन, मन लागे गर्नू : एमाले अध्यक्ष ओली बुधबार, भदौ ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।
ज्ञानेन्द्र शाहीले भने– गाईगोरू काटिएका छन्, गृहमन्त्री रमिता हेरेर बस्नुहुन्छ, कारबाही खोइ ? बुधबार, भदौ ६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाईगोरू काटेर सामाजिक सञ्जालमा राख्नेहरूलाई कारबाही गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् ।

सुन र जग्गा काण्डमा आफ्ना मान्छे पर्नेबित्तिकै सरकार सुस्तायो : रवि लामिछाने बुधबार, भदौ ६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने बित्तिकै छानबिन सुस्ताएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।









