News Griha :: न्यूजगृह
त्रिशूली दुर्घटना अपडेट : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर

काठमाडौं— धादिङको गजुरी गाउँपालिका—२ मा बुधबार भएको बस दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.बद्री रिजालले बताएका छन् । त्रिशूली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनमा परी घाइते भएका १६ जना मध्ये ट्रमा सेन्टरमा ९ जनालाई उपचारको लागि ल्याइएको हो । सो मध्ये ३ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सक बन्द्री रिजालले जानकारी दिए ।

उनले भने,‘धादिङमा भएको दुर्घटनाका बिरामी हाम्रोमा ९ जना आइपुग्नु भएको छ । त्यसमध्ये ३ जनाको अवस्था सिकिस्त छ । त्यो बाहेकको अरु बिरामीको अवस्था स्टेवल नै छ ।’

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशूली नदीमा खसेको थियो । प्रहरीले दुर्घटनास्थलबाट २६ जनाको उद्धार गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:२१
Weather Update