जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भए : सांसद केसी

काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले देशको जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भएर देशलाई भ्रष्टाचारको अखडा बनाएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद केसीले नक्कली भुटानी शरणार्थी, ललिता निवास जस्ता भ्रष्टाचारको बारेमा संसदमा छलफल हुन जरुरी रहेको भन्दै देशको जिम्मेवार मानिस नै भ्रष्टाचारमा संलग्न भएर देशलाई भ्रष्टाचारको अखडा बनाएको बताएका हुन् ।
उनले भने,‘नक्कली भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको छलफल हुनुपर्छ कि पर्दैन ? यसरी नै देशलाई भ्रष्टाचारको अखडा बनाएर जिम्मेवार मानिससम्म त्यसमा सामेल भएर जुन खेल खेलिएको छ, त्यसले मुलुक कता लादैछ, हामीले यस विषयमा छलफल गर्नुपर्छ ।’
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १८:१७













