News Griha :: न्यूजगृह
त्रिशूली दुर्घटना अपडेट : ६ जनाको सनाखत 

काठमाडौं— धादिङको गजुरी गाउँपालिका—२ मा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएकाहरू म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का अन्दाजी २५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४ वर्षका सुमन थापा छन् ।

त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्रीको मृत्यु भएको एसपी मिश्रले जानकारी दिए । बाँकी २ मृतकको परिचय खुलाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २१:३४
Weather Update