News Griha :: न्यूजगृह
चन्द्रयान–३ : आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लाग्छ : प्रधानमन्त्री मोदी 

नयाँ दिल्ली— चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लागेको प्रतिक्रिया दिएका छन् । चन्द्रयान–३ बुधबार  साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको हो ।

दक्षिण अफ्रिकाकाे जोहनसबर्गमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि ​​लाइभ स्ट्रिमिङमार्फत चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गरेको हेरेका थिए । मोदीले त्यहाँबाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

मोदीले भने,‘यस्ता ऐतिहासिक घटनाहरू राष्ट्रको जीवनको चेतना बन्छन् । यो क्षण अविस्मरणीय छ । यो क्षण अभूतपूर्व छ । यो विकसित भारतको क्षण हो । यो नयाँ भारतको नारा लगाउने क्षण हो ।’

प्रधानमन्त्रीले हरेक देशवासीले जस्तै आफ्नो पनि ध्यान चन्द्रयान महाअभियानमा केन्द्रित भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘मेरो प्यारा परिवारका सदस्यहरू ।  हाम्रो आँखा अगाडि यस्तो इतिहास रचिएको देख्दा हामी गर्व महसुस गर्छौं । यस्ता ऐतिहासिक घटनाहरू राष्ट्रको जीवनको चेतना बन्छन् । यो क्षण अविस्मरणीय छ । यो क्षण अभूतपूर्व छ । यो विकसित भारतको क्षण हो । यो नयाँ भारतको नारा लगाउने क्षण हो । यो कठिनाइको सागर पार गर्ने क्षण हो । यो चन्द्रमा विजयको बाटोमा हिड्ने क्षण हो ।’

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:५०
Weather Update