ज्ञानेन्द्र शाहीले भने– गाईगोरू काटिएका छन्, गृहमन्त्री रमिता हेरेर बस्नुहुन्छ, कारबाही खोइ ?
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाईगोरू काटेर सामाजिक सञ्जालमा राख्नेहरूलाई कारबाही गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले ९३.४२ प्रतिशत वैदिक सनातन धर्म मान्नेहरूको आस्थाको धज्जी उडाइरहेको अवस्थामा गृहमन्त्री रमिता र जात्रा हेरेर बसेको बताए ।
उनले भने,‘देशमा वैदिक सनातन धर्म मान्ने ९३.४२ प्रतिशतले आज पनि गाईलाई माता मान्छन् । आज गाई काटेर सामाजिक सञ्जालमा राखिन्छन् । गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उहाँहरूलाई पक्राउ गरेर कारबाही होस् । ती अपराधीलाई खुला किन छोडिएको छ ?’
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १७:४६













