News Griha :: न्यूजगृह
संसदीय समितिमा सदस्य हेरफेर, कुन समितिमा को ? 

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका हुन् ।

प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद संगीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सोनु मुर्मु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, किरणकुमार साह महिला तथा मामिला समितिमा रहेका छन् ।

त्यस्तै, डा.शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिमा, रुपा सोशी (चौधरी) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, सांसद अब्दुल खान उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिमा, सांसद विमला सुवेदी कानुन न्याय तथा मानवअधिकार समितिमा र सांसद योगेश गौचन थकाली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहेका छन् ।

प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:३९
Weather Update