News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं—मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्री दाहाल यही भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जानेछन् ।

मन्त्रिपरिषद् बुधबारकै बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

बैठकले जे.बी.टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:०७
Weather Update