News Griha :: न्यूजगृह
सुन र जग्गा काण्डमा आफ्ना मान्छे पर्नेबित्तिकै सरकार सुस्तायो : रवि लामिछाने  

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने बित्तिकै छानबिन सुस्ताएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको प्रहरी प्रमुखलाई सरुवा गर्ने सरकारको निणर्यले सुशासनको नाराप्रति नै शंका गर्ने स्पष्ट मौका दिएको बताएका हुन् ।

उनले भने,‘सरकारले सुशासनको कुरा गर्‍यो । हामीले शंकाको सुविधा दियौं । शंकाको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँ सम्मको सुशासन हो ? आफ्नो ढोकासम्म आरोप नआइपुग्दासम्मको सुशासनको कुरा गरेको होकी साँच्चैको सुशासनको कुरा गरेको हो, यो गम्भीर प्रश्न बनेर खडा भएको छ ।’

लामिछानेले ललिता निवासको जग्गा प्रकरणमा ठूलालाई सुनपानी हालेर चोख्याएको भन्दै सरकारले आलोचना गरे । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:३४
Weather Update