दुई दिनदेखि हवाई उडान अवरुद्ध, विमानस्थलमै बस्न बाध्य यात्रुबिहीबार, भदौ ७, २०८०

नेपालमा वनले ओगटेको क्षेत्रफल ४५ प्रतिशत पुग्यो : अर्थमन्त्री महत बिहीबार, भदौ ७, २०८० द्विपक्षीय बैठक काक्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिबारे प्रकाश पारेका थिए । बैठकमा मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुगेको जानकारी दिए ।

छोराबुहारी अमेरिका-अष्ट्रेलिया गएपछि ७६ वर्षीय बालकृष्णले रोजे ‘ड्रागन’ खेती बिहीबार, भदौ ७, २०८० उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्षअगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दंग भएका छन् । बिहानदेखि रातिसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन ।

तीन पटक म्याद थपियो, काम सकिने टुंगो छैन बिहीबार, भदौ ७, २०८० नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो ।

बालेन साह जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन् : मन्त्री खड्का बिहीबार, भदौ ७, २०८० काठमाडौं महानगरको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै क्षणिक वाहवाही पाउन काम गर्न नहुने बताइन् ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन बिहीबार, भदौ ७, २०८० पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण अवरुद्ध खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

वडा र स्वास्थ्य भवन पहिरोको जोखिममा बिहीबार, भदौ ७, २०८० यस्तै, वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाईको भवन पनि जोखिममा परेको छ । एकाईका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाईको भवनको आँगन पहिरोले भत्काएपछि भवन जोखिममा परेको हो ।

गौहत्यामा संलग्नलाई कारबाही गर्न कमल थापाको माग बिहीबार, भदौ ७, २०८० राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटनाप्रति आपत्ति जनाएका छन् । समाजिक सञ्जालमार्फत उनले धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामुहिक भोज गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले घटना लज्जाजनक भएको उल्लेख गरेका छन् ।

यी हुन् बारा बस दुर्घटनामा घाइते भएकाहरू, तीन जना नेपाली बिहीबार, भदौ ७, २०८० बाराको जीतपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना भारतीय नागरिकहरू र एक जना नेपालीको मृत्यु भएको हो । घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

काठमाडौंसहित देशभरका नदीमा पानीको सतह बढ्ने, सतर्क हुन आग्रह बिहीबार, भदौ ७, २०८० वर्षाका कारण ठूला नदीहरूमा जलसतह बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली, नारायणी र मर्स्याङदी नदीको जलसतह सतर्कता तह नजिक पुग्ने जनाएको हो ।

बारामा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ७ जनाकै सनाखत भएको छ ।

शनिबारदेखि मौसममा सुधार आउने बिहीबार, भदौ ७, २०८० महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ । ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ’,मौसमविद् पौडेलले भने ।

बारामा बस दुर्घटना अपडेट : ३ जनाको सनाखत बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जनाको सनाखत भएको छ ।









